logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन् २०२२ मा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि समुह विभाजन


अंकुरण खबर
1.313K
Shares

२०२२ को टी २० विश्वकप छनोटमा नेपालले ओमानमा खेल्ने भएको छ ।

अष्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोटमा नेपाल रहेको समुहमा ओमान, आयरल्याण्ड, बहराईन, क्यानडा, जर्मनी, फिलिपिन्स र यूएई परेका छन ।
समुह ए मा परेको नेपालले आयरल्याण्ड, युएई, ओमान जस्ता बलिया टिमसँग मुख्य प्रतिस्पर्धा गर्नु पर्ने छ । नेपालको यो प्रतिस्पर्धा आगामी फेब्रेवरी १५ देखि २५ तारिखसम्म हुनेछ । समुह बी को छनोट जिम्बावेमा हुनेछ । जिम्बावे सहित हङकङ, नेदरल्याण्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर, अमेरिका छन । यो प्रतियोगिता जुलाई ८ देखि १८ सम्म हुनेछ ।

केहि महिना अगाडी भएको टी २० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्याण्ड, नामिबिया, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज, भारत, स्कटल्याण्ड र अष्ट्रेलियाले अर्को विश्वकपका स्थान बनाइसकेका छन ।

दुबै समुहका शिर्ष दुई स्थानमा पुग्ने टिमले अष्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछन । विश्वकप छनोटमा कुल १६ टिमको प्रतिस्पर्धा हुनेछ । नेपालले टी २० को बरियताका आधारमा यो पटक सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको हो । यसअघिको टी २० विश्वकप छनोटमा नेपाल एशिया छनोटबाट नै बाहिरीएको थियो ।

यो प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले जनवरी दोस्रो सातामा त्रिकोणात्मक टी २० सिरिज खेलाउने योजना बनाएको छ । साथै टिमको नयाँ मुख्य प्रशिक्षकको टुंगोपनि चाँडै लाग्ने बताइएको छ । नयाँ प्रशिक्षकका लागि ६० जनाको आवेदन परेपछि पाँच जनासँगको अन्तरवार्ता पुरा गरेर अन्तिममा पाँच जनाको सूची बनाइसकेको छ । नयाँ प्रशिक्षक चयन भएपछि क्यानले राष्ट्रिय टिमको क्याम्प राख्ने योजना रहेको छ ।