logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय सदस्यमा रविप्रकाश राईको उम्मेदवारी घोषणा


अंकुरण खबर
910
Shares

खोटाङका कांग्रेस नेता रविप्रकाश राईले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट संघीय महाधिबेशन प्रतिनिधि निर्वाचित भएका राईले कांग्रेसको राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

संस्थापन पक्षबाट जिल्ला सभापतिको आकांक्षी रहेका उनी अन्तिममा केन्द्रीय सदस्यमा उठ्ने गरी जिल्ला सभापतिको दौडबाट ‘व्याक’ भएका थिए । नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनुपर्ने पक्षमा निरन्तर वकालत गर्दै आएका राई २०७० सालको संविधानसभा सदस्यका उम्मेदवार पनि हुन् ।

हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् ।