हामीले प्रयोग गर्ने ब्राउजरमा भएको हरेक एक्टिभिटीको रेकर्ड गूगल सर्च हिस्ट्रीले राख्ने गर्छ ।
कुन साईटमा कति बजे खोलियो, के के हेरियो भनेर सर्च हिस्ट्रीमा आउने गर्दछ । कहिले काही हाम्रो सर्च हिस्ट्री अरुले हेर्न सक्न् त्यसैले गोपनयिता भगं हुन नदिनको लागि गूगल सर्च हिस्ट्रीलाई सुरक्षित राख्न जरुरी हुन्छ । यसको लागि गूगलले सर्च हिस्ट्रीमा पासवर्ड राख्न दिन्छ जसले गर्दा सर्च हिस्ट्री हेर्न पासवर्डको आवश्यकता पर्छ । उक्त पासवर्ड थाहा भए पछि मात्रै सर्च हिस्ट्री हेर्न सकिन्छ ।
यसको लागि आफ्नो वेब ब्राउजरमा एक्टिभिटि गूगल डटकम खोल्नु पर्छ । आफ्नो अकाउन्टमा साइन इन गरेको हुनु पर्छ । अब म्यानेज माई एक्टिभिटि भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गर्नु पर्ने हुन्छ ।
त्यस पछि रिक्वायर एक्स्ट्रा भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गरेर सेभ भन्ने अप्सनमा क्लिक गर्नु पर्छ ।
तपाईनै हो भनेर प्रमाणका लागि अब तपाईलाई गूगलले पासवर्ड हाल्न लगाउँछ । यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ । रिक्वायर एक्स्ट्रा भेरिफिकेसन भन्ने अप्सनमा क्लिक गरेर सेभ भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । तपाईनै हो भनेर प्रमाणका लागि अब तपाईलाई गूगलले पासवर्ड हाल्न लगाउँछ । यसरी तपाईको सर्च हिस्ट्री पासवर्डले सुरक्षित पार्न सकिन्छ ।