logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘समुन्नत नेपाल : सम्मानित नेपाली ’को संकल्प सहित महामन्त्रीका रूपमा गगन थापाको अवधारणपत्र सार्वजनिक


अंकुरण खबर
1.066K
Shares

नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् ।

काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

शिक्ष, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नु पर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नु पर्ने बताए ।

१५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनु पर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनु पर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ ।