logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनेम संघ दशरथचन्द नगर कमिटीमा ठगुन्ना चयन


अंकुरण खबर
1.885K
Shares

अखिल नेपाल महिला संघ बैतडीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ ।

प्रत्येक पालिका तहमा अधिवेशन गरिरहेको अनेम संघले दशरथचन्द नगरपालिकामा प्रथम नगर अधिवेशन गरेको छ ।

अधिवेशनले बसन्ती ठगुन्नाको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटL गठन गरेको छ । कमिटीको उपाध्यक्षमा बसन्ती थलाल तथा सचिवमा सोभा महरलाई चयन भएका छन् भने उपसचिवमा विन्दु जोसी तथा कोषाध्यक्षमा कृष्णा भण्डारीलाई चयन गरिएको छ ।