logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशनम : नेता र पाहुना आए आउने क्रम जारी


अंकुरण खबर
702
Shares

नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौं को भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन् ।

दिउँसो १ बजे सुरु हुने भनिए पनि सो समयबाट सांस्कृति कार्यक्रम सुरु गरेर औपचारिक रुपमा उद्घाटन भने गरिएको छैन । अहिले कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरिएको छ । साथै विभिन्न जातजातिको झाँक्री प्रस्तुत गरिएको छ ।