logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरधाममा हुँदै छ माओवादी केन्द्रको अधिवेशन


अंकुरण खबर
988
Shares

नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ ।

अधिवेशन हुने भन्ने कुरा शुक्रबार माओवादी केन्द्र प्रदेश २ ले पत्रकार सम्मेलन जानकारी गराइएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश २ सहित ७ वटै प्रदेशको अधिवेशनलाई एक्कैपटक समुदघाटन गर्ने कार्यक्रम रहेको प्रदेश २ का सचिव जोगकुमार बरबरिया यादव ‘जीवन’ले जानकारी दिए।

प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले उद्दघाटन सत्रको लागि तयारी तीव्र पारिएको बताए। उद्दघाटन सत्रमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्चुअल माध्यमबाट सम्बोधन गर्ने समेत बताए।संयोजक प्रहलादले उदघाटन सत्र शनिबार भए पछि बन्द सत्र पुस ३ गतेदेखि हुने कुराको पनि जानकारी गराए । उनले १ सय ३६ पालिकबाट ६ सय, आयोजक र मनोनित गरी १ हजार प्रतिनिधिले अधिवेशनमा भाग लिने र प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै १ हजार अधिवेशन प्रतिनिधि सहभागी हुने समेत बताएका थिए ।

स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले उदघाट्न सत्रलाई सम्बोधन गर्ने माओवादी केन्द्रले जनाएको छ। प्रदेश २ मा २ सय ७१ सदस्यी कमिटीका लागि अधिवेशन हुँदैछ।