साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारदेखि बंगलादेशमा सुरु हुँदैछ।
शनिबार हुने पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।
खेल, ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ।
नेपालले अब दोस्रो खेलमा श्रीलंकाविरुद्ध यही मंसिर २९ गते, तेस्रो खेलमा भुटानविरुद्ध पुस २ गते र अन्तिम खेल भारतविरुद्ध पुस ४ गते खेल्ने कार्यतालिका छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ ।
राउन्ड रोबिनको आधारमा जारी प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागि छन् ।