logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘सिक्रेट न्युडिष्ट भिलेज’ जहाँ कसैले लुगा लगाउँदैनन् !


अंकुरण खबर
2.067K
Shares

विश्वमा कैयौं यस्ता शहर छन्, जहाँ आ-आफ्नै रितिरिवाज, परम्परा र चलनले ती स्थान चर्चित छन् ।

यस्तै स्थान मध्ये एक हो, सिक्रेट न्युडिष्ट भिलेज । बेलायतमा रहेको सिक्रेट भिलेजमा पत्याउन नसकिने रहनसहनको चलन छ । यस गाउँमा मानिसहरुमा कपडा नलाउने परम्परा रहेको छ । उनीहरु गरिब भएर वा कपडा नभएर नलगाएका होइनन् बर्षौदेखिको परम्पराको निरन्तरता अनुसार उनीहरु कपडा लगाउँदैनन् ।

यस सिक्रेट गाउँका मानिसमा मूलभूत सुविधाको कमी छैन। तर परम्परा र मान्यता अनुसार यहाँका मानिस बिना कपडा बस्ने गर्दछन्। कतिसम्म भने यहाँका बालक वृद्ध मात्र नभई वयस्क र महिला समेत नागों बस्दछन् ।

बेलायतको यो गाउँ पुरानो गाउँ मध्ये एक हो, जहाँ राम्रा घरहरु मात्र नभई शानदार स्विमिंग पूल सुविधा समेत उपलब्ध छ । पछिल्लो ९० बर्षदेखि यस गाउँमा मानिसको बसोबास हुदैँ आएको छ । 

दैनिक भाष्करबाट