logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बायर्नलाई शीर्ष स्थानमा ६ अंकको अग्रता


अंकुरण खबर
1.053K
Shares

पुनरागमन जितसँगै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्यनिखले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

शनिबार राति भएको खेलमा बार्यनले १२औँ जित निकाल्ने क्रममा एफएसभी मेन्चलाई २-१ अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली मेन्चका करिम ओनिसिवोले २२औँ मिनेटमा अग्रता बनाएका थिए । त्यसपछि बायर्नले लगातार गोल गर्‍याे । ५३ मिनेटमा किङ्स्ले कोमानले बराबरी गोल गर्दा जमल मुसिआलाले ७४ मिनेटमा विजयी गोल गरे ।

जितसँगै १५ खेलबाट ३७ अंक बनाएको बायर्न शीर्ष स्थानमा छ । पराजित मेन्च समान खेलबाट २१ अंकसहित आठौँ स्थानमा छ ।

दोस्रो स्थानको डर्टमुण्ड समान खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा छ ।