logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापतिका प्रत्यासी न्यौपानेले लिए उम्मेदवारी फिर्ता


अंकुरण खबर
845
Shares

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी परेको थियो । अब शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।