logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले प्रमुख सचेतक भट्टराई बने पोलिटब्यूरो सदस्य


अंकुरण खबर
1.183K
Shares

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई पोलिटब्यूरो सदस्यमा चयन भएका छन् ।

केही समयअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय अधिवेशनमा केन्द्रीय कमिटीमा नपरेका प्रमुख सचेतक भट्टराईलाई एमाले केन्द्रीय कमिटीको जारी बैठकबाट केन्द्रीय सदस्यमा मनोनीत लगत्तै ९९ सदस्यीय पोलिटब्यूरो सदस्यमा समेटिएको छ ।

प्रदेश नम्बर १ को अध्यक्ष दिनेगरी राष्ट्रिय अधिवेशनमा भट्टराईको नाम केन्द्रीय कमिटीमा नराखिएको भनिएको थियो ।

कार्यव्यस्तता, निर्वाचन क्षेत्र र विकास निर्माणको कामले प्रदेशमा बसेर काम गर्न नसक्ने भनेपछि नेतृत्वले केन्द्रीय कमिटीमै मनोनीत गरेको भट्टराईले बताए ।

प्रमुख सचेतकको नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा थरिथरिका टीकाटिप्पणी भएको थियो । कतिपयले उनको भूमिकालाई खुम्च्याउन खोजेको अर्थमा पनि बुझेका थिए । केन्द्रीय कमिटीमा नाम नआउँदा स्वयं भट्टराई असन्तुष्ट बनेको थिए ।

एमालेले खोटाङकै रमेश पौडेललाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । पौडेल नेपाल खेलकुद महासंघका केन्द्रीय कमिटी अध्यक्ष हुन् । राष्ट्रिय अधिवेशनबाट जनजाति खुलाबाट खोटाङका खगेन्द्र राई र प्रदेश १ भूगोलबाट (महिला)उषाकला राई एमाले केन्द्रीय सदस्य चुनिएका थिए ।