logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मार्टिनेजको दुई गोल मद्धतमा इन्टर शीर्ष स्थानमा


अंकुरण खबर
754
Shares

अर्जेन्टिनी स्टार लाउटारो मार्टिनेजको दुई गोल प्रेरित इन्टर मिलान आइतबार काग्लियारीमाथि ४-० अन्तर सहज जितका साथ इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ ।

एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो ।

२९औँ मिनेटमा मार्टिनेजले इन्टरका लागि खाता खोले । ४४औँ मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

५०औँ मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे । ६६औँ मिनेटमा हकान चालहानोग्लुले इन्टरको अग्रता ३(० मा पुर्‍याए । त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गरे ।

जितसँगै इन्टरको १७ खेलमा ४० अंक छ । दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ ।