logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा


अंकुरण खबर
624
Shares

नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् ।

आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेको छ । सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए ।

निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएको हो ।

आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ ।