नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।
१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।
मतदानमा अपाङ्गता भएका व्यक्तिहरु पनि प्रतिनिधिमा सहभागी भएका छन् । उनीहरूलाई मतदान गर्नको लागि लाइनमा बस्न नपर्ने तव्यवस्था गरिएको दैलेखबाट आएका शारीरिक अपाङ्गता भएका व्यक्ति तथा प्रतिनिधि गणेश बोगटीले बताए ।
आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर सरकार बनाउने र उक्त सरकारबाट देश निर्माण गर्ने नेतृत्व छान्नु पर्ने उनको भनाइ छ । आफूले पनि सोही विचार गरेर मतदान गरेको बताएका उनलाई मतदान गर्न ५० मिनेट लागेको जानकारी दिए ।
सुन्धराबाट ट्याक्सी चढेर मतदान गर्न आएका उनले मतदानमा कुनै गाह्रो र समस्या नपरेको बताए ।