logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस पटक गल्ती गरे पुस्तौँले पछुताउनु पर्छ : गगन थापा


अंकुरण खबर
1.014K
Shares

नेपाली कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनमा गल्ती गरे पुस्तौँले पछुताउनुपर्ने बताएका छन् ।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुनुअघि अपील गर्दै उनले प्रतिनिधिलाई संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् । यसका लागि सभापतिमा शेखर कोइरालालाई जिताउनु पर्ने उनको भनाइ छ ।

सभापति पदका लागि चुनावी प्रतिस्पर्धामा शेरबहादुर देउवा र कोइराला छन् । पहिलो चरणको निर्वाचन परिणामसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । उनीहरूले देउवालाई समर्थन गर्ने भएका छन् ।