logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदान स्थलमा


अंकुरण खबर
1.261K
Shares

पाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । उनीहरूले मतदान गरेका छैनन् ।

यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो ।