logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री


अंकुरण खबर
442
Shares

बागमती प्रदेशमा पाँच जना मन्त्री र एक जना राज्यमन्त्री थपिएका छन् । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै उनीहरुलाई नियुक्त गरेका हुन् ।

पाण्डेले सत्तारुढ गठबन्धनको नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धरलाई खानेपानी, उर्जा तथा सिँचाई, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नेकपा ९एस० की इन्द्रमाया गुरुङलाई नियुक्त गरेका छन् ।

यसअघि कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री, सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

गठबन्धनबीच भागबण्डा मिलाउन ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।