logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यारोडोना कपकाे उपाधि जुनियर्सलाई, बार्सिलोना स्तब्ध


अंकुरण खबर
1.014K
Shares

बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ ।

मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४-२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा बोका जुनियर्सले बाजी मारेकाे हाे ।

अर्जेन्टिनी स्टार खेलाडी म्यारोडोनाको गत बर्ष निधन भएपछि उनको सम्झनामा आयोजना गरिएकोे खेलमा बार्सिलोनाले आफ्नो दोस्रो रोजाईका खेलाडीलाई अवसर दिँदा डिफेण्डर ड्यानी आल्भेसले दोस्रो पटक डेब्यु गरे ।