logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विन्सम सेमिफाइनलमा


अंकुरण खबर
806
Shares

विन्सम प्रथम अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित निकाल्दै विन्सम सेमिफाइनलमा पुगेको हो ।

पहिलो खेलमा विन्समले जय मल्टिपल कलेजलाई २८–२५ को साँघुरो अन्तरले पराजित गर्‍यो । जितमा सरोज तामाङले २० अंक योगदान गरे । सरोजकै १८ अंक मद्दतमा विन्समले अर्को खेलमा न्यु मिलिनियमलाई ३८–३० ले हरायो ।

नामी पनि सेमिफाइनलमा पुग्न सफल भयो । नामीले न्यु मिलिनियमको चुनौती ५६–४८ ले समाप्त पार्‍यो । नामीका जाम्लिङ लामाले १७ स्कोर गरे ।

यससंगै सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा नामीको भेट र लिम्पिया नेसनल कलेजसँग हुने छ । अर्को सेमिफाइनल विन्सम र सूर्योदयबीच हुने छ ।