सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालिलाई पाँच लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ ।
एपीएफको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरूप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो ।
सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।
प्रतियोगितामा पुरुष / महिला सिंगल्ससहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै स्पर्धाका विजेतालाई प्रोत्साहन स्वरूप खेल सामाग्री पुरस्कारका रूपमा दिइने निर्देशक महताले जनाएका छन् । पुरुष / महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रीला डेभलोप्मेन्ट बैंक लिमिटेड रहेको छ भने सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ छन् ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफकासहित जम्मा ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरू भैसेपाटीमा खेलाइने छ ।