logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै आर्सनल शीर्ष चारमा


अंकुरण खबर
299
Shares

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गोलले हराएको छ।

आज बिहान भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित वेस्ट ह्याम विरुद्ध आर्सनलले दुई गोल गरेको हो। जितसँगै आर्सनल शीर्ष चारमा पुगेको छ ।

आर्सनलका लागि खेलको ४८औँ मिनेटमा गाब्रियल मार्टिनेली र ८७ औँ मिनेटमा इमिल स्मिथ रोवीले गोल गरे ।

आर्सनलको १७ खेलमा २९ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलमा ३७ अङ्क छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अङ्क छ ।

त्यस्तै आज बिहान भएको खेलमा ब्राइटनलाई उल्भ्सले १–० ले हराएको छ भने क्रिस्टल प्यालेस र साउथह्याम्टनले २–२ गोलको बराबरी खेलेका छन् ।