कांग्रेस महामन्त्रीको निर्वाचन परिणाम पछि उम्मेदवार विश्वप्रकाश शर्मा सुन्दरीजल स्थित विपी संग्राहलय जाने भएका छन् ।
दुई जना महामन्त्रीको लागि भएको निर्वाचनको परिणाम आउनै लाग्दा उनले आफू विपी संग्राहलय जाने बताएका हुन् ।
महामन्त्रीमा गगनकुमार थापासँगै आफू निर्वाचित हुने निश्चित जस्तै देखिए पछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता र सञ्चारकर्मीसँग शर्माले आफूले उम्मेदवारी घोषणा गरेको स्थान विपी संग्राहलय ( सुन्दरीजल जेल ) मा जाने बताएका हुन् । ‘परिणाम सार्वजनिक भएपछि मैले उम्मेदवारी घोषणा गरेको स्थान सुन्दरीजल जेल जानेछु,’ शर्माले भने । पछिल्लो विवरण अनुसार महामन्त्रीमा थापा र शर्माले अग्रता लिएका छन् भने उनीहरूलाई प्रकाशशरण महतले झिनो मतले पछ्याइ रहेका छन् ।