logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामन्त्रीमा विजयी भए पछिका विश्वप्रकाश शर्मा


अंकुरण खबर
1.807K
Shares

नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा पनि विजयी भएका छन् ।

२७ मंसिरमा भएको निर्वाचनको बिहीबार सार्वजनिक मतपरिणामअनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

परिणाम सार्वजनिक हुनु अघि देखि नै पार्टी कार्यालयमा रहेका शर्मालाई कार्यकर्ताहरूले अबिर लगाएर खुसियाली मनाएका छन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै शर्माले आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेको स्थल सुन्दरीजलको जेलको माटोलाई ढोगेर आफ्नो यात्रा सुरु गर्ने बताएका छन् । उनी पार्टी कार्यालयबाट सुन्दरीजलतर्फ जाने तयारी गर्दै छन् ।