logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा


अंकुरण खबर
403
Shares

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता धनगढीमा सञ्चालन हुने भएको छ ।

३ पुसदेखि धनगढी–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिने क्यान सुदूरपश्चिम प्रदेशले जानकारी दिएको छ ।

प्रतियोगिता सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि रेग्मीले बताए ।

अध्यक्ष रेग्मीका अनुसार प्रतियोगिता सञ्चालनका लागि मूल आयोजक समिति तथा उपसमिति गठन गरिएका छन् । प्रतियोगितमा सात वटै प्रदेशबाट एक एक टोली र विभागीय एपीएफको टोली गरी आठ टिमको सहभागिता रहने अध्यक्ष रेग्मीले बताए ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले दुई हजार, प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले दुई हजार पाँच सय, तथा उत्कृष्ट बलर र ब्याट्सम्यान्ले १५र१५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।