logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी


अंकुरण खबर
1.482K
Shares

नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ ।

केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

गणनाका खटिएका अधिवक्ता रमेश जोशीले केही बेरमा प्रारम्भिक परिणाम सार्वजनिक गरिने बताए ।३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।

कांग्रेस पदाधिकारीको मतगणना सकिएर परिणाम पनि आइसकेको छ ।