logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट धनगढीमा सुरु


अंकुरण खबर
624
Shares

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता आजबाट धनगढीमा सुरु भएको छ ।

प्रदेश एकले कर्णाली प्रदेशलाई एक सय ६७ रनको लक्ष्य दिएकोमा

धनगढीको फाप्ला क्रिकेट मैदानमा २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ६६ रन बनाएको छ ।

प्रदेश एकले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको भए पनि दोस्रो विकेटका लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले एक सय ६५ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

दोस्रो विकेटका लागि कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले एक सय ६५ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

रुविनाले ६४ बलमा १० चौका प्रहार गर्दै ७६ रन बनाइन । यस्तै अप्सरी बेगमले ६२ बलमा पाँच चौकाको मद्दतले ६१ रनको योगदान गरिन ।