logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू


अंकुरण खबर
1.378K
Shares

धनकुटामा शनिबार देखि प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ।

धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरू भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका सुरू भएको प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका हुन् ।

प्रतियोगितामा खुला, महिला पुरुष खुला, पुरुषतर्फ अन्डर – १७, महिलातर्फ अन्डर -१७, ४५ वर्षमाथिका र ५५ वर्षमाथिका गरी ६ विधामा खेल हुने आयोजक समितिका अध्यक्ष यज्ञश्वर श्रेष्ठले बताए ।

प्रतियोगितमा खुलामा ३२ टिम, महिला पुरुष खुलामा १८ टिम, पुरुष अन्डर -१७ मा ३४ टिम, महिलातर्फ अन्डर १७ मा १२ टिम, ४५ वर्ष माथिकामा १९ टिम र ५५ वर्ष माथिकामा १३ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा खुला तर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश : ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

महिला पुरुष खुला तर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश : ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यता, पुरुष र महिला तर्फ अन्डर – १७ का प्रथम दोस्रो र तेस्रो टिमले क्रमश : १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

४५ वर्ष माथिका प्रथम दोस्रो र तेस्रो टिमले क्रमश : ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने ५५ वर्ष माथिका प्रथम दोस्रो र तेस्रो टीमले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।