बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग १-० गोलको अन्तरले पराजित भएको छ ।
साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा भारतका लागि प्रियंका देवीले ७६ औं मिनेटमा गोल गरेक थिइन । यो गोल नै निर्णयक गोल भएको थियो ।
आजको पराजित सँगै फाइनलमा पुग्ने नेपालको सपना लगभग समाप्त भएको छ भने भारत साफको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाका स्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा श्रीलंका र बंगलादेश बीचको खेलले पनि नेपालको फाइनलमा पुग्ने सपना सकार पार्न सक्ने छ भने श्रीलंकाले बंगलादेशलाई हराएमा नेपाल गोल अन्तरका आधारमा फाइनल पुग्न सक्ने छ ।
श्रीलंकाले बंगलादेश बीचको खेल साँझ ७ बजे देखि सुरु हुदै छ ।