logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली क्रिकेट संघले गर्यो केल्मीसँग सम्झौता


अंकुरण खबर
598
Shares

नेपाली क्रिकेट संघ (क्यान) ले आइतबार जर्सी प्रयोजकका रूपमा केल्मीसँग सम्झौता गरेको छ ।

क्यानका तर्फका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका तर्फबाट केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरी दुई पक्षबीच ३१ डिसेम्बर २०२३ सम्मका लागि सम्झौता गरेका छन् ।

सम्झौता पछि नेपाली राष्ट्रिय क्रिकेट टोली सहित सबै उमेर समूह र महिला टोलीले अब अन्तर्राष्ट्रिय खेलमा केल्मीको जर्सी लगाउने छन् ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासले सो सम्झौता रकम झण्डै ७० लाख बराबरको रहेको बताए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले , “नेपाली क्रिकेटमा यति ठुलो रकममा जर्सीका लागि सम्झौता भएको यो पहिलो पटक भएको भन्दै यसले खेलाडीको मनोबल बढाउने कुरामा जोड दिएका थिए ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले  सम्झौता पछि क्यानको एक महत्वपूर्ण समस्या समाधान भएको भन्दै  केल्मीको आगमनले खेलाडीलाई हौसला मिल्ने बताए ।

केल्मीले क्यानलाई जर्सी, ट्रयाकसुट, क्यापलगायतका खेल पोशाक उपलब्ध गराउने छ । केल्मीका निर्देशक  प्रदीप न्यौपानेले राष्ट्रिय फुटबल टिमलाई प्रयोजन गर्दै केल्मी नेपाल भित्रिएको  र फुटबलसँगको सम्झौता समाप्त भए पनि विभिन्न क्लब तथा अन्य खेलमा पनि केल्मीले प्रयोजन गरेको बताए ।