logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा 


अंकुरण खबर
1.079K
Shares

इटालीयन सिरि ए फुटबलमा एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ ।

आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् ।  जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् ।