logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ


अंकुरण खबर
650
Shares

ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ।

यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिटिभ भएका बताइएको छ।

यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन्। उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए।

उनीहरु बुरुन्डीमै कोरोना पोजेटिभ भएका समाचरमा जनाइएको छ। उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका समाचारमा जनाइएको छ।

उनीहरु बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहका थिए। त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरु खेल्न नपाएको बताइएको छ। सिन्ह्वा