नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् ।
काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी आर्थिक सहयोगको मात्र विषय बन्नु पर्ने र यसले छिमेकी देशसँगको सम्बन्धमा असर पर्न नहुने बताए ।
एमसीसी विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरूसँग असर पर्ने नहोस्, उनले भने ।
एमसीसी बारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी दिएका उनले एमसीसी बारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको बताए ।