logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एपीएफ फुटबल टोलीको पहिलो जित


अंकुरण खबर
676
Shares

सोमबार त्रिपुरेश्वरको  दशरथ रंगशालामा भएको  ‘ए’ डिभिजन लिगमा खेलमा एपीएफ फुटबल टिमले पहिलो जित हात पारेको छ ।

आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफले अर्को रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित  प्राप्त

खेल सुरु भएको ३० औं मिनेटमा एपीएफले अग्रता गरेको हो ।

पाँचौ खेलमा पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई र विकी तामाङले एक गोल गरेका हुन भने फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल गरेका थिए ।

खेलको ५६ औँ मिनेटमा आशिषले एपीएफलाई ३ – ० को गोल गरेका हुन ।

काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरेका थिए ।  खेलको ६८ औं मिनेटमा प्रिजेन तामाङले  एपीएफको अग्रता ३ -१ को अवस्थामा झारे ।

२ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ ।

एपीएफ ४ अंक सहित ११ औं स्थानमा छ  । पराजित फ्रेण्ड्स २ अंक सहित अन्तिममा छ  भने पाँचौ चरणको खेल पनि सकिएको छ ।