logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले अध्यक्ष ओलीलाई कांग्रेस सांसदले आफ्नो गृहनगरमा अभिनन्दन गर्ने


अंकुरण खबर
819
Shares

कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् ।

आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन् ।

कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली आउँदै छन् । मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु, शाहले भनेका छन् । शाहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गरेका थिए ।