logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप : प्रदेश एक विजेता बन्दा लुम्बिनी उपविजेता


अंकुरण खबर
299
Shares

लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै प्रदेश नम्बर एक धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा समूह ‘ए ’को विजेता बनेको छ ।

मंगलबार सम्पन्न खेलमा प्रदेश एकले प्रस्तुत गरेको ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ४७ रनमा समेटिएको हो ।

लुम्बिनीका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सरस्वती पुन र नितु भण्डारीले समान ९ रन बनाए ।

प्रदेश एककी कप्तान रुविना क्षेत्रीले तीन विकेट लिँदा अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिए ।

यस अघि धनगढीको फाप्ला मैदानमा टस जितेर ब्याटिङका लागि आएको प्रदेश एकले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

प्रदेश एकका लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाउँदा काजोल श्रेष्ठले ४० रनको योगदान गरिन् । लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले समान एक विकेट लिए ।

प्रदेश एककी कप्तान रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन् । समूह ‘ए’ बाट प्रदेश एक समूह विजेता बन्दा लुम्बिनी समूह उपविजेता बन्यो ।

कर्णाली प्रदेश र वागमती प्रदेश भने जितविहीन रहेका छन् ।