logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन प्रक्रया सुरू


अंकुरण खबर
793
Shares

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचनका लागि मनोनयन प्रक्रिया सुरू भएको छ ।

प्रदेश निर्वाचन अधिकृत प्रल्हाद गौतमले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताको समय दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

उम्मेदवार माथि दाबी विरोध साढे ४ देखि ५ बजे सम्म गर्न पाउने छन् भने उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजेका लागि निर्धारण गरिएको छ । साँझ ८ बजेसम्म मनोनयन पत्र फिर्ताको गर्न सक्ने छन् ।

राति १० बजे अन्तिम नामावली प्रकाशन हुने र भोलि बिहान ८ बजे देखि मध्याह्न ४ बजे सम्म मतदानको तालिका रहेको प्रदेश निर्वाचनले जनाएको छ ।