logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

प्रदेश १ बाट खुला र महिलामा देउवा पक्षका दुई जना विजयी


अंकुरण खबर
1.196K
Shares

नेपाली कांग्रेसको प्रदेश -१ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजिव कोइराला विजयी भएका छन् ।

मंगलबार सम्पन्न मतपरिणाम अनुसार अर्याल र कोइराला विजयी भएका हुन् । दुई जना फरक फरक प्यानलबाट वियजयी भएका छन् ।

अर्यालले २ हजार ३ सय ८९ मत प्राप्त गर्दा कोइरालाले २ हजार १ सय ५२ मत पाए । अर्याल देउवा प्यानल र कोइराला शेखर प्यानलका हुन् । २ जनाका लागि ७ जनाको उम्मेदवारी परेको थियो।

यस्तै सोही प्रदेशको महिला केन्द्रीय सदस्यमा महेन्द्र कुमारी लिम्बु निर्वाचित भएकी छन्। उनी देउवा प्यानलकी हुन् ।

महेन्द्रकुमारीले २ हजार २ सय २९ मत ल्याउँदा कोइराला प्यानलकी लिलादेवी बोखिम लिम्बुले १ हजार ७ सय ४७ मत पाइन् ।