logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा गण्डकीको हार


अंकुरण खबर
793
Shares

आज बुधवार भएको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता  प्रदेश २ ले गण्डकी प्रदेशलाई सात विकेटले हराएको छ ।

गण्डकीले दिएको ४० रनको लक्ष्य प्रदेश २ ले १० ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो ।

प्रदेश २ का लागि साना प्रविनले १३ र अनुराधा चौधरीले १२ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको गण्डकीलाई ३९ रनमै समेट्न प्रदेश २ का सन्तोषी चौधरीले तीन र अनुराधा चौधरीले दुई विकेट लिए भने यस हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।समूह ए बाट प्रदेश १ शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । आठ टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।