logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एलपीएलको छैटौँ संस्करण २२ माघदेखि, प्रथम पुरस्कार एक लाख ५० हजार


अंकुरण खबर
377
Shares

लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण आगामी ६ माघदेखि धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने भएको छ ।

क्रिकेटको जग बलियो बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ ।

पाँचौँ संस्करणमा १६ विद्यालयका खेलाडी सहभागी रहेकोमा छैटौँ संस्करणमा भने १० विद्यालयले मात्र प्रतियोगितामा भाग लिने आयोजक लिटल फ्लावर स्पार्ट एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

‘२२ माघ सुरु हुने प्रतियोगिता ७ फागुन समापन गरिनेछ,’ प्रतियोगिताबारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले भने, ‘जसमा काठमाडौंबाट दुई, कञ्चनपुरबाट एक र कैलालीका सात विद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।’

प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने द्वितीय हुने टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष शाहीले बताए । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडीलाई २० हजार, उत्कृष्ठ बलर र उदयमान खेलाडीलाई नगद १०र१० हजार तथा खेलका म्यान अफ द म्याच, गेम चेन्जर र बढी छक्का प्रहार गर्ने खेलाडीलाई दुई दुई हजार हजार प्रदान गरिने अध्यक्ष शाहीले बताए ।

प्रतियोगितामा प्रत्येक विद्यालयले चार जना यू–१९ राष्ट्रिय खेलाडीलाई आफ्नो टिममा अनुबन्धित गर्न पाउने व्यवस्था गरिएको छ ।