logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी महाधिवेशन : राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे


अंकुरण खबर
403
Shares

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।

काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही ।

उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।

सुरुमा उनले कांग्रेस सभापति भन्नु पर्नेमा अध्यक्ष भनिन् । त्यस पछि नेकपा एमाले भन्नु पर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नु पर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भने पछि सहभागी हाँसेका हुन् ।

शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामना समेत दिइन् । महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी  थिइन् ।