ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आयोजना गरेका प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हातपारेको छ ।
फुङलिङ नगरपालिकालाइ ३–० को सोझो सेटमा हराउँदै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो ।
आइतबार सम्पन्न भएको प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाले उपाधिसँगै ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथै सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता भएको फुङ्लिङले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र जित बुझाउनु पर्यो । फुङलिङलाइ हराउने क्रममा सिदिङ्वाले २५–१९,२५–२१ र २५–१६ को नतिजा निकाल्यो ।
यस्तै प्रतियोगितामा सान्त्वना हुने पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाले जनही नगद ५५ हजार ५ सय ५५ रुपैयाँका दरले रकम तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका प्राप्त गरेका छन् ।
ताप्लेजुङको नौ स्थानीय रहेकोमा सबै स्थानीय तहहरुले भाग लिएको आयोजक सिरिजंगा गाउँपालिकाले जनाएको छ ।