पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये काठमाडौंमा १३२ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौं उपत्यकामा १ हजार ९३८ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८११ जना, ललितपुरमा ६१८ जना र भक्तपुरमा ५०९ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर २७१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् भने एक जना संक्रमितको निधन भएको छ ।