logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रशिक्षक भट्ट भन्छन् : ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु


अंकुरण खबर
702
Shares

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधिमाथि कब्जा जमाएको थियो ।

‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित दिलाउन सफल भयौँ । गत वर्ष समेत टोलीलाई प्रशिक्षण दिएका भट्टले भने ।

महिला टोलीले दुई वर्षअघि यसै प्रतियोगितामा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै भलिबलमा ऐतिहासिक पदक हासिल गरेको थियो ।

प्रतियोगिताको समूह चरणको खेलमा उज्बेकिस्तानविरुद्ध सोझो सेटमा जित निकालेको नेपाललाई फाइनलमा उज्बेकिस्तानले निकै चुनौती दिएको थियो ।

‘खेलाडीले जित्नैपर्ने दबाबमा खेले । रिसिब गर्न नसक्दा र सर्भिस धेरै बिग्रँदा उज्बेकिस्तानसँग पाँच सेट खेल्नु परेको हो,’ प्रशिक्षक भट्टले भने ।

भट्टकै प्रशिक्षणमा महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पहिलो पटक रजत पदक जितेको थियो । घरेलु भूमिमा सुरुआती २ सेट जितेको नेपाल पछिल्लो तीन सेट भने भारतलाई बुझाउँदै अर्को ऐतिहासिक अवसरबाट चुकेको थियो ।