logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

दशरथ रंगशालामा नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने


अंकुरण खबर
1.703K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीले माघ तेस्रो साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न जनाएको हो ।

फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुनलागेको एन्फाले जनाएको छ ।

पछिल्लो पटक नेपालले दशरथ रंगशालामा साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो ।

नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो ।