logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिभरपुल लेस्टरसँग स्तब्ध


अंकुरण खबर
780
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ ।

मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार व्यहोरेको हो । खेलको ५९ मिनेटमा एडेमोला लुकम्यानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

बाँकी समय गोल हुन नसक्दा सोही गोल निर्णायक रह्यो । योसँगै शीर्ष स्थानको  म्यानचेस्टर सिटीले ६ अंकको अग्रता बनाएको छ ।

पराजित  लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ ।  लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ ।

अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित  गर्दा   साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले ।