माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको हो ।
महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।
मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ । त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन् ।