logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन


अंकुरण खबर
598
Shares

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारी सहित सबै सदस्यहररू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियूले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३ औँ जिल्ला अधिवेशन पदाधिकारीविनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।

शुक्रबार देखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

अध्यक्षका आकांक्षी चार जना भए पछि पदाधिकारी टुङ्गाउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियूका उपमहासचिव भाष्कर खनालले बताए । उनका अनुसार २९ पुसमा बस्ने बैठकले अध्यक्ष सहित अन्य पदाधिकारी टुगाउने भएको छ ।

एमालेले जिल्ला अधिवेशनमा भने पदाधिकारी सहित सबै सदस्य सर्वसम्मती बाटै गर्नेगरी तयारी भइरहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले बताए ।