logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनाङको दोस्रो जित


अंकुरण खबर
546
Shares

पोखरा रंगशालामा आज सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड बोइज क्लब (बीबीसी) विरुद्ध १–० गोलको जित हात पारेको छ ।

दशरथ रंगशालामा मछिन्द्र क्लबसँग हार व्यहोरेको मनाङले पोखरामा रंगशालामा भने लगातार दोस्रो जित हात पारेको छ ।

लिगमा ७ खेल खेलेको मनाङले पछिल्लो जितसँगै १६ अंक बटुलेर शीर्षस्थानमा छ भने जारी लिगको सातौं चरणको अन्तिममा शीर्षस्थानमा रहने टिमले एएफसी कप खेल्न पाउनेछ।

आइतबारको खेलमा मछिन्द्र क्लबले जित निकाल्न नसके मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि पाउनेछ। मच्छिन्द्रको अहिले १४ अंक छ।

खेलको १५औं मिनेटमा बीबीसीले पेनाल्टीको अवसर पाएको भए पनि शिशिर लेखीले प्रहार गरेको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। तर खेलको ४५ औं मिनेटमा गोल गर्दै अन्जन विष्टले मनाङलाई खेलमा अग्रता दिलाएका थिए।

उनले पोस्टअघिबाट हेडर मार्फत् गरेको प्रहार पोस्ट भित्र छिरेको र यससँगै उसले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता बनाएका थिए । सोही अग्रता जोगाउँदै मनाङले जित निकालेको हो।