logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिभरपुल प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने


अंकुरण खबर
663
Shares

इंग्लिस क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपले आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।

५४ वर्षीय क्लोपलाई कोडिभ–१९ पोजिटिभ देखिएपछि लिभरपुलको टच लाईन गुमाउने भएका हुन् ।

क्लोप नहुने भएसँगै टोलीका सहायक प्रशिक्षक पेप लिजन्डर्सले स्टाफोर्ड ब्रिज भ्रमण गर्नेछन् । गत शुक्रबार क्लोपसँगै तीन खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । उनको अवस्था सामान्य रहे पनि आईसोलेसनमा बसिरहेका बीबीसीले जनाएको छ ।

आइतबार राति चेल्सी घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ ।

जारी लिगमा चेल्सी २० खेलबाट ४२ अंकसहित दोस्रो स्थानमा छ भने १९ खेलबाट ४१ अंक बनाएको लिभरपुल तेस्रो स्थानमा छ ।

अघिल्लो दिनमात्र आर्सनलविरुद्ध पुनरागमन जित निकालेको म्यानचेष्टर सिटी २१ खेलबाट ५३ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।